समाज लघुवित्तले शेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको छ । कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर प्रस्ताब गरेको छ। साथै कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताब गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयर धनिहरुले पाउनेछन् ।












