फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचकमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८० ५:२४ PM
नेप्से परिसूचकमा वृद्धि

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से यस दिन भने बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १२.७३ अंक बढेर २०८८.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.२८ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक बढेको छ।

नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८२ स्टकको ४६ हजार ७३१ पटकको कारोबारमा २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?