अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज २४ गते आईतबार अन्तिम दिन रहेको छ । भोली अर्थात असार २५ गते, सोमबार कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गर्नलागेको हो ।
कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।
हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड रुपैयाँ कायम हुनेछ । साथै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।












