नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि बढेको छ । यो साताको पहिलो दिनको कारोबार दिनदेखि हरियाली छाएको नेप्सेले यस दिन पनि बढेको हो। मंगलबार नेप्से परिसूचक ९.९१ अंक बढेर २१५४.०७ विन्दुमा पुगेको छ ।
आजको कारोवबरमा सेन्सेटिभ इण्डेक्स ३.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।८२ अंक बढेको नेप्सेले जनाएको छ ।
कारोबार रकममा पनि सुधार भई अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५५ स्टकको ५६ हाजर ४७६ पटकको कारोबारमा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ८६ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री गरिएको छ।












