फागुन २४ गते २०८२ --:--:--
मेनु

घोराही सिमेन्टको पहिलो दिनको कारोबार

मेरो आर्थिक मेरो आर्थिक श्रावण २८ गते २०८० ७:४६ PM
घोराही सिमेन्टको पहिलो दिनको कारोबार

घोराही सिमेन्टको कारोबार खुलेको पहिलो दिन नै २३ करोड बढीको शेयर खरिद बिक्री भएको छ।

कारोबार खुलेको पहिलो दिन नै कम्पनीको २३ करोड १५ लाख ६८ हजार ३८३ रुपैयाँ बराबरको ४ लाख ४६ हजार ५५० कित्ता शेयर कारोबार भएको हो। जसमा ३ लाख ८६ हजार ६५२ कित्ता अर्थात ८६.५६ प्रतिशत शेयर ८० कित्ताभन्दा सानो कारोबार छ भने ६० हजार ३५ कित्ता शेयर ८० कित्ता भन्दा बढीको कारोबार छ जुन कुल कारोबारको १३.४४ प्रतिशत मात्रै हो।

आइतबारको कारोबारमा ८० कित्ताभन्दा माथिको कारोबार १३ प्रतिशत मात्रै छ। अरु सबै साना कित्ता शेयर कारोबार भएको छ।

सर्वसाधारणले घोराही सिमेन्टको आइपीओमा ८० कित्तासम्म शेयर पाएका थिए। यसले आइतबारको सेलिङ अधिकाँश साधारण लगानीकर्ताबाट आएको देखिन्छ।

ठूला कित्ताको धेरै शेयर कारोबार नहुँदा भने म्युचुअल फण्ड र वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले भने धेरै शेयर बिक्री नगरेको देखिन्छ। आइतबार म्युचुअल फण्डहरुले शेयर होल्ड गरेको आँकलन गर्न सकिन्छ।

नेप्सेले घोराहीको पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।

नेप्सेमा पहिलो कारोबार ५६५.५० रुपैयाँमा खुलेको थियो। कारोबार खुल्ने वित्तीकै कम्पनीको शेयरमूल्य ५८१ रुपैयाँसम्म पुगेको भए पनि त्यो टिक्न सकेन। अन्तिममा कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लागेर ५०९ रुपैयाँमा बन्द भयो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?