नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणको लागि जारी गर्ने आइपीओ शेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी गरेको जनाएको हो ।
पहिलो चरणमा सर्वसाधारणलाई १० देखि २० प्रतिशत सेयर निष्कासनको तयारी गरिएको प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणको बोर्ड बैठकले फाइल स्वीकृत गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ ।
ऊर्जाले अर्थ मन्त्रालयलाई सहमतिका लागि पत्र पठाएको छ । अर्थको सहमतिपछि मन्त्रिपरिषदमा पुगेर स्वीकृति पाएपछि त्यसको प्रक्रिया अगाडि बढ्नेछ । करिब ४ देखि ६ महिनामा प्राधिकरणको सेयर सर्वसाधारणको हातमा पर्नेछ । यसका लागि प्राधिकरणले कम्पनीको रेटिङसमेत गराइसकेको छ । रेटिङ संस्था इक्राले गरेको क्रेडिट रेटिङले प्राधिकरणलाई डबल ए प्लस दिएको छ ।












