बुधबार नेप्से सूचक २०.३१ अंकले घटेर २०२५.१२ अंकमा झरेको छ। यस दिन कारोबार रकम पनि केहि घटेको छ।
यस दिन १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको ४८ लाख ३८ हजार १०६ कित्ता शेयर कारोबार भएको छ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.८५ प्रतिशतले घटेको छ।
यस दिन बलेफी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.९९ प्रतिशतले बढेको छ भने स्वरोजगार लघुवित्तको ३.७७ प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको २.४० प्रतिशतले बढेको छ।
यता माउन्टेन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ८.०६ प्रतिशतले घटेको छ भने स्वेत गँगा हाइड्रोपावरको ८.०३ प्रतिशत र धवलागिरी लघुवित्तको ७.८९ प्रतिशतले घटेको छ।












