फागुन २४ गते २०८२ --:--:--
मेनु

आइतबारदेखि थप १० नयाँ ब्रोकरले कारोबार सुरु गर्दै

मेरो आर्थिक मेरो आर्थिक भाद्र ८ गते २०८० ६:२० PM
आइतबारदेखि थप १० नयाँ ब्रोकरले कारोबार सुरु गर्दै

नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त १० नयाँ ब्रोकरले आइतबारबाट कारोबार सुरु गर्ने भएका छन् । उनीहरूले आइतबारबाट कारोबार सुरु गर्ने गरी सम्पूर्ण तयारी पुरा गरी कारोवार शुरुवात गर्ने भएका हुन् ।

यस अघि नै सात ब्रोकरले असार अन्तिमबाट कारोबार सुरु गरिसकेका छन्। भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्डले कारोबार सुरु गरिसकेका छन्।

आइतबारबाट कारोबार सुरु गर्नको लागि नेपाल स्टक एक्सचेन्जले एक डिलर सहित १० वटा ब्रोकरहरूलाई साङ्केतिक नम्बर समेत प्रदान गरिसकेको छ। एलिट स्टक हाउस ब्रोकर नम्बर ६८ मार्फत काठमाडौंको लाजिम्पाट स्थित कार्यालय, ब्रोकर नम्बर ६९ पाएको इन्डेक्स सेक्यूरिटिजले डिल्लीबजार स्थित कार्यालय, इन्फिनिटी सेक्युरिटिजले ब्रोकर नम्बर ७० मार्फत काठमाडौंको सुन्धारा स्थित कार्यालय, शुभकामना सेक्यूरिटिजले ७१ नम्बर नक्साल स्थित कार्यालय, हातेमालो फाइनान्स सर्भिसेसले ७२ नम्बर ब्रोकर मार्फत नक्साल कार्यालय, ब्रोकर नम्बर ७३ मनि वर्ल्ड शेयर एक्सचेन्जले पुतलीसडक स्थित कार्यालय, कलश स्टक मार्केटले ब्रोकर नम्बर ७४ नयाँबानेश्वर स्थित बुद्ध नगर कार्यालय, मेगा स्टक मार्केट्सले ७५ नम्बर ब्रोकर मार्फत त्रिपुरेश्वर स्थित कार्यालय, ७६ नम्बर पाएको माछापुच्छ्रे सेक्युरिटिजले लाजिम्पाट स्थित कार्यालय त्यस्तै, डिलरको रुपमा लाइसेन्स पाएको नबिल सेक्युरिटिजले ब्रोकर नम्बर ७७ मार्फत दरबारमार्ग स्थित कार्यालयबाट कारोबार सुरु गर्ने छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?