Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २५ गते २०८०
चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ २५ गते (अन्तिम दिन रहेको छ। आयोजनाले प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ ।

आईपीओमा प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्ताका अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

सो शेयरका लागि भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानिय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

Add a new comment