Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

हाथवे इन्भेष्टमेन्टको आइपिओ मा १० गुणा भन्दा बढीको आवेदन

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २५ गते २०८०
हाथवे इन्भेष्टमेन्टको आइपिओ मा १० गुणा भन्दा बढीको आवेदन

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा माग भन्दा झण्डै १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको आईतबार बेलुकी ५ बजेर ७ मिनेटसम्मको तथ्यांक अनुसार कम्पनीको आईपीओमा २ करोड ४१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको जनाएको हो ।

हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्काशन गरे पनि २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको मागभन्दा ९.९६ गुणा भन्दा बढी आईपीओका लागि आवेदन परेको छ ।

आईतबारसम्म कम्पनीको आईपीओमा आवेदन दिनेको संख्या १० लाख १० हजार ३४ रहेको छ । जसबापत १ अर्ब २० करोड ९६ लाख ४२ हजार रूपैयाँ बराबर संकलन भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो।

Add a new comment