फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

मेरो आर्थिक मेरो आर्थिक भाद्र २६ गते २०८० ५:१८ PM
नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.४२ अंकले घटेको छ । नेप्से ०.९७ प्रतिशतले घटेर १९ सय ६७ अंकमा आएर रोकिएको हो ।

यसक्रममा आज ३३ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यस्तै, १९१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक १९ अंकले घट्दा १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक दोहोरो अंकले घटेपनि शुभव पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । यसबाहेक सामलिङ पावर कम्पनीको सेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?