Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकलाई बोर्डको अनुमति

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ४ गते २०८०
ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकलाई बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

Add a new comment