आज मिड सोलु हाइड्रोपावरले आईपीओ बाँडफाँट गर्ने
मेरो आर्थिक
असाेज १० गते २०८०
समयः ४:०१ pm
मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँट गर्ने भएको छ ।
कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले बेलुका ५ कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँट गर्न लागेको हो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।