फागुन २४ गते २०८२ --:--:--
मेनु

आज मिड सोलु हाइड्रोपावरले आईपीओ बाँडफाँट गर्ने

मेरो आर्थिक मेरो आर्थिक असाेज १० गते २०८० ४:०१ PM
आज मिड सोलु हाइड्रोपावरले आईपीओ बाँडफाँट गर्ने

मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँट गर्ने भएको छ ।

कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले बेलुका ५ कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँट गर्न लागेको हो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?