फागुन २४ गते २०८२ --:--:--
मेनु

धितोपत्र बोर्डबाट दुई कम्पनीको आइपिओ निष्कासनको लागि अनुमति

मेरो आर्थिक मेरो आर्थिक असाेज १३ गते २०८० ८:०८ AM
धितोपत्र बोर्डबाट दुई कम्पनीको आइपिओ निष्कासनको लागि अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा दुवै कम्पनीलाई एकसाथ आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।

मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र नेपाल वेयरहाउजिङ कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको जनाइएको छ ।

मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ । जुन जारी पूँजी ७० करोडको २० प्रतिशत हो ।

अर्को कम्पनी नेपाल वेयरहाउजिङ कम्पनीलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जुन जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत साधारण सेयर हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?