फागुन २४ गते २०८२ --:--:--
मेनु

दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन

मेरो आर्थिक मेरो आर्थिक असाेज १६ गते २०८० ७:३३ AM
दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन

गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले एभरेष्ट बैंकको शेयरमूल्य समायोजन गरी ५१४ रुपैयाँ ५५ पैसा कायम गरेको छ। बैंकले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ। सोहि बोनस वितरणको लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो। त्यस्तै नेप्सेले एनआइसी एशिया बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५९० रुपैयाँ ३१ पैसा कायम गरेको छ। बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २९ प्रतिशत बोनश शेयर वितरण गर्न सोमबार बुकक्लोज गरेको थियो। सो सँगै शेयरमूल्य समायोजन भएको हो।

मंगलबार दुबै बैंकको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?