Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेप्से परिसुचकसँगै कारोबार रकममा पनि गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २२ गते २०८०
नेप्से परिसुचकसँगै कारोबार रकममा पनि गिरावट

यस दिन नेप्से परिसूचक १२.५८ अंक घटेर १९०८.६६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८० करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८७ स्टकको ४८ हजार ४४४ पटकको कारोबारमा १ अर्ब १७ करोड १ लाख रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १ प्रतिशत घटेको छ।

Add a new comment