Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २३ गते २०८०
हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

नेप्सेले दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने गरी मंगलबार हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत गरेको हो।

हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणमा जारी गरेको समेत गरी २ करोड ३४ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको शेयरको पहिलो कारोबारको लागि नेप्सेले ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गर्दै कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एचएटिएचवाइ कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै माण्डु हाइड्रोपावरले पनि सर्वसाधारणमा जारी गरेको समेत गरी १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गर्दै कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एमएएनडियु कारोबार संकेत प्रदान गरेको छ।

साथै यही कारोबार रेञ्जमा रहेर बुधबार दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ ।

Add a new comment