फागुन २३ गते २०८२ --:--:--
मेनु

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट

मेरो आर्थिक मेरो आर्थिक पौष १२ गते २०८० ८:३३ AM
हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।

१० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिएजत्ति शेयर प्राप्त गरेका छन् । बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता शेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ । जस अनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको थियो। 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?