Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेपाल एसबिआई बैंकको लाभांश सहितको साधारण सभा सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
पौष १४ गते २०८०
नेपाल एसबिआई बैंकको लाभांश सहितको साधारण सभा सम्पन्न

नेपाल एसबिआई बैंक लि. का शेयरधनीहरुको ३०औँ वार्षिक साधारण सभा मिति २०८० पौष १३ गते सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभाले बैंकको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई ३.७५% बोनश शेयर र ६.८०% नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ) गरी चुक्ता पुँजीमा जम्मा १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आ.व. २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर उपाध्या एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Add a new comment