फागुन २३ गते २०८२ --:--:--
मेनु

ऐन अनुसार तीन सदस्यीय सिफारिस समिति गठन

मेरो आर्थिक मेरो आर्थिक माघ ५ गते २०८० १:१४ PM
ऐन अनुसार तीन सदस्यीय सिफारिस समिति गठन

बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका तीन सदस्य सिफारिस समिति गठन गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था अनुसार अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सहितको समिति गठन गरिएको हो ।

उक्त समितिले अध्यक्ष पदका लागि प्राप्त निवेदनबाट तीन जनाको नाम छनौटका लागि सिफारिस गर्नेछ र सो प्रकृया पश्चात मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?