मितेरीका शेयरधनीहरुको खातामा बाेनस शेयर जम्मा : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

मितेरीका शेयरधनीहरुको खातामा बाेनस शेयर जम्मा

मेरो आर्थिक मेरो आर्थिक फागुन १५ गते २०८०

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको छ।

बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही शेयर बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो।

हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।