आइपिओ निष्कासन गर्ने पर्खाइमा बसेका छन् यी ३५ कम्पनी, कुनको कति ?

नेपाल धितोपत्र बोर्डमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिका लागि ३५ कम्पनी कुरेर बसेका छन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार हाल डिस मिडिया नेटवर्क, ह्याम्स हस्पिटल, मारुती सिमेन्ट, कान्तिपुर टीभी, आईएमई, जगदम्बा स्टिल लगायत ३५ कम्पनी आईपीओ निष्कासनका लागि लाइनमा छन् ।
बोर्ड कार्यकारी प्रमुख (अध्यक्ष) नहुँदा लामो समयदेखि धेरै कम्पनीले आईपीओ स्वीकृति पाएका छैनन् । तर, बोर्डमा आईपीओ स्वीकृतिका लागि आवेदन दिने क्रम भने जारी छ ।
बोर्डका अनुसार हाल ३५ कम्पनी आईपीओ निष्कासनका लागि पाइपलाइनमा छन् । त्यस्ता कम्पनीमा डिस मिडिया नेटवर्क, ह्याम्स हस्पिटल, मारुती सिमेन्ट, कान्तिपुर टीभी, आईएमई, जगदम्बा स्टिल लगायत छन् ।
लाइनमा हाइड्रोपावर क्षेत्रका कम्पनी अधिक छन् । उत्पादन तथा प्रशोधन क्षेत्रका ५ कम्पनी, अन्य समूहका ९ कम्पनी, हाइड्रोपावर समूहका १७, होटल तथा पर्यटन समूहका २, लगानी समूहको १ र माइक्रोफाइनान्स समूहको १ कम्पनी छन् ।
यीमध्ये चार कम्पनीले आवश्यक कागजात समेत नबुझाएकाले थप कागजात माग गरिएको छ । त्यस्तै १६ कम्पनीले बोर्डले सोधेका जवाफ तथा आवश्यक कागजात बुझाइसकेका र अध्ययन क्रममा छन् ।
नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया चलिरहेकाले अहिले पाइपलाइनमा भएका कम्पनीलाई आईपीओ स्वीकृति नदिइएको बोर्डका एक अधिकारीले बताए ।
‘कतिपय कम्पनीले आवश्यक प्रक्रिया नै पु¥याएका छैनन्, ती कम्पनीसँग जवाफ माग गरिसकेका छौं,’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘बाँकी केहीले प्रक्रिया पूरा गरे पनि कार्यकारी अध्यक्ष नियुक्त भएर आइसकेपछि मात्रै स्वीकृति दिन उपयुक्त हुन्छ भनेर रोकिएको हो ।’
आईपीओका लागि आवेदन दिएका कम्पनीमध्ये पाँचले ‘प्रिमियम’ थपेर निष्कासन अनुमति मागेका छन् । कुल ११ अर्ब ४७ करोड ८७ लाख ५३ हजार ७ सय रुपैयाँको ७ करोड ४६ लाख ४७ हजार ५ सय ३७ कित्ता सेयर अनुमति पर्खाइमा छ ।
प्रिमियममा आईपीओ जारी गर्न स्वीकृति माग गरेका कम्पनीमा जगदम्बा स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, ह्याम्स हस्पिटल र रिलायन्स स्पिनिङ मिल्स (बुक बिल्डिङ) छन् ।
जगदम्बा स्टिलले प्रतिकित्ता ३ सय, मारुती सिमेन्ट ३ सय ७७, सौर्य सिमेन्ट २६४.५१, ह्याम्स हस्पिटल २ सय ८८ र रिलायन्स स्पिनिङले ८२०.८० रुपैयाँका दरले सेयर जारी गर्न अनुमति माग गरेका हुन् ।
यीमध्ये रिलायन्सको बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताले ९ सय १२ रुपैयाँका दरले खरिद गरिसकेका छन् । त्यसको १० प्रतिशत न्यून मूल्यमा सर्वसाधारणका लागि जारी गर्न सक्ने व्यवस्था अनुसार ८२०.८० रुपैयाँका दरले निष्कासन अनुमति माग गर्दै आवेदन दिएको हो ।
धितोपत्र बोर्डको अब जारी गरिने आईपीओ र कम्पनीहरु:
कम्पनी जारी गर्ने सेयर संख्या जारी गर्न खोजेको मूल्य जगदम्बा स्टिल २ करोड ७० हजार ३०० रुपैयाँ रिलायन्स स्पिनिङ मिल्स ११ लाख ५५ हजार ९ सय ६० ८२०.८० रुपैयाँ मारुती सिमेन्ट १ करोड १६ लाख ३७७ रुपैयाँ सौर्य सिमेन्ट १ करोड ५९ लाख ८१ हजार ५ सय २६४.५१ रुपैयाँ एसवाई प्यानेल १ करोड १५ लाख १०० रुपैयाँ अर्किड होल्डिङ्स १ करोड १५ लाख १०० रुपैयाँ कान्तिपुर टीभी ७ लाख ५० हजार १०० रुपैयाँ आईएमई लिमिटेड १० लाख १०० रुपैयाँ डिस मिडिया नेटवर्क १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ १०० रुपैयाँ एपेक्स हस्पिटालिटी २४ लाख १०० रुपैयाँ होटल फरेस्ट इन ९८ लाख १०० रुपैयाँ ह्याम्स हस्पिटल ११ लाख २५ हजार २८८ रुपैयाँ अन्नपूर्ण केबुलकार ३१ लाख १०० रुपैयाँ स्वस्तिक लघुवित्त ८० हजार १०० रुपैयाँ ट्रेड टावर ११ लाख ५८ हजार ९ सय ८० १०० रुपैयाँ बरुण इन्भेस्टमेन्ट २४ लाख ७५ हजार १०० रुपैयाँ प्योर इनर्जी १६ लाख १०० रुपैयाँ एकोर्ड फार्मास्युटिकल्स ७ लाख ६ हजार ९ सय ९ १०० रुपैयाँ लोअर इख्र्वा हाइड्रोपावर २८ लाख ५ हजार ७ सय ५० १०० रुपैयाँ हिम रिभर पावर २६ लाख ६० हजार १०० रुपैयाँ कालिञ्चोक हाइड्रोपावर ७५ हजार कित्ता १०० रुपैयाँ लाफिङ बुद्ध पावर ६५ लाख ७७ हजार १०० रुपैयाँ रिजलाइन इनर्जी ५८ लाख ४ हजार २ सय १ १०० रुपैयाँ विकास हाइड्रोपावर ४४ लाख ५४ हजार ५ सय ९६ १०० रुपैयाँ याम्बलिङ हाइड्रोपावर २८ लाख १०० रुपैयाँ भुजुङ हाइड्रोपावर १४ लाख ५५ हजार १०० रुपैयाँ सोलु हाइड्रोपावर २ करोड १०० रुपैयाँ सान्भी इनर्जी ३७ लाख ९० हजार १०० रुपैयाँ हिमस्टार ऊर्जा कम्पनी ११ लाख १९ हजार १०० रुपैयाँ रिचेस्ट जलविद्युत् कम्पनी ११ लाख ७६ हजार ४ सय ५० १०० रुपैयाँ मबिलुङ इनर्जी १८ लाख ९० हजार ५ सय ३० १०० रुपैयाँ टक्सार पिखुवाखोला ४२ लाख ३० हजार ६ सय ६८ १०० रुपैयाँ दरामखोला हाइड्रो इनर्जी ३९ लाख ५० हजार १०० रुपैयाँ बेनी हाइड्रोपावर प्रोजेक्ट २० लाख ८० हजार १०० रुपैयाँ