Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १० गते २०८१
ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

यस सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक श्री सुमन कुमारी जोशी ले हस्ताक्षर गर्नुभयो । ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Add a new comment