नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

मेरो आर्थिक मेरो आर्थिक वैशाख २५ गते २०८१

नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१० प्रतिशतले सकारात्मक बनेको हो ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलबार कारोबार रकम घटेको छ । ३८ हजार २ सय १४ पटकको कारोबारबाट ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भए । मंगलबार करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत सोमबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।