Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

साउन ४ गतेदेखि एफपीओ निष्काशन, निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

मेरो आर्थिक
मेरो आर्थिक
असार ३० गते २०८१
साउन ४ गतेदेखि एफपीओ निष्काशन, निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने बताएकाे छ। गाभ्न, गाभिनका लागि कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनै पर्ने प्रावधान अनुसार संस्थाले सार्वजनिक निष्काशन (एफपीओ) खुलाउन लागेकाे हाे ।

साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि नयाँ नामाकरण भएकाे सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापकतर्फ ७०.३६ प्रतिशत र सर्वसाधारणतर्फ २९.६४ प्रतिशत रहेकोमा पूँजी संरचना ऐन अनुसार रहन एफपीओ खुलाउन लागिएकाे हाे ।

लघुवित्तका अनुसार रुपैयाँ ४६ लाख ७२ हजार ९५४ बराबरको ४६ हजार ७२९.५४५० कित्ता सेयर खुलाइने भएकाे छ। यसका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे समयमा आवेदन नपरेमा साउन १८ गतेसम्म आवेदन दिन सकिने भएकाे छ। यसमा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।

लघुवित्तको चुक्ता पूँजी रुपैयाँ ९१ करोड ७ लाख ८२ हजार ५०८ रहेकाे छ । एफपीओ निष्काशनपश्चात याे रुपैयाँ ९१ करोड ५४ लाख ५५ हजार ४६३ हुनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

Add a new comment