फागुन २३ गते २०८२ --:--:--
मेनु

प्रभु केवलकारले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

मेरो आर्थिक मेरो आर्थिक मंसिर १३ गते २०८१ २:५९ PM
प्रभु केवलकारले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  

याे कम्पनीले निष्कासन गर्ने रु १०० दरका ७० लाख कित्ता हकप्रदमा २०८१ माघ ४ गतेसम्म आवेदन दिन सकिने बताइएकाे छ ।  

त्यसैगरी प्रभु केवलकारले आईपीओ निष्कासनको समेत तयारी गरिरहेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कुमारी क्यापिटललाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको जनाएकाे छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?