सेयर बजार परिसूचक उच्च अंकले घट्यो
मेरो आर्थिक
पौष १ गते २०८१
समयः ३:३३ pm
काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । ५१.३७ अंकले बजार घट्दा परिसूचक २६३१ बिन्दुमा ओर्लिएको छ । आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।
सोमबार कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यसमा कुथेली बुखरी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । जोशी हाइड्रोपावको ८.७० प्रतिशत, कुमारी सबल योजनाको ५ प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनीको मूल्य ३.९८ प्रतिशतले बढ्यो ।
जानकी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताले धेरै गुमाएका छन् ।