नेप्सेमा सामान्य वृद्धि, १३ अर्बको कारोबार : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

नेप्सेमा सामान्य वृद्धि, १३ अर्बको कारोबार

मेरो आर्थिक मेरो आर्थिक असार २ गते २०८२

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज पियोर पावरको सेयर मुल्यमा सकारत्मक सर्किट लागेको छ भने पिपुल्स पावरको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्य ८.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी अपर हेवाखोला हाइड्रोको शेयर मुल्य ७.५८ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ९५ करोड १६ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

एभरेष्ट न्यूज एजेन्सी

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?