फागुन २३ गते २०८२ --:--:--
मेनु

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२ ५:०४ PM
नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३८  लाख १८ हजार ५५९ कित्ता शेयर ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ओम मेघश्री फर्माको सेयर मुल्य सबैभन्दा बढी ८.०१ प्रतिशतले बढेको छ भने हिमालयन पावरको ७.८७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज एनआइएसी एशिया डिभेन्चरको सबैभन्दा बढी ५.१७ प्रतिशतले घटेको छ दोर्दी खोला जल विद्युतको ४.३२ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर २७ करोड ६५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?