नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार


काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मेघश्री फर्माको सेयर मुल्य सबैभन्दा बढी ८.०१ प्रतिशतले बढेको छ भने हिमालयन पावरको ७.८७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज एनआइएसी एशिया डिभेन्चरको सबैभन्दा बढी ५.१७ प्रतिशतले घटेको छ दोर्दी खोला जल विद्युतको ४.३२ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर २७ करोड ६५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%