नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडको कारोवार


काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.३३ अंकले घटेर २६००. २० विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज मोदी इनर्जीको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने तेर्हथुम पावरको शेयर ९.७७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.५१ प्रतिशतले घटेको छ हिमालयन पावरको शेयर मुल्य ९.०२ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ५३ करोड ९४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%