फागुन २३ गते २०८२ --:--:--
मेनु

नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक असार २६ गते २०८२ ६:४३ PM
नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आजपनि बढेको छ । आज नेप्से २५.८९ अंकले बढेर २७३१. ८० विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३१२ कम्पनीका दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज माई खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ८.१५  प्रतिशतले बढेको छ भने मांडू हाइड्रोको सेयर मुल्य ६.७६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९२ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको सेयर मुल्य ६.४७ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५७ करोड ५ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?