नेप्सेमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, २९ अंकले बढ्यो


काठमाडौँ । नेप्से परिसूचकमा आजपनि बढेको छ । नेप्सेमा नेपाल राष्ट्र बैंकले शुक्रबार सार्बजनिक गरेको मौद्रिक नीतिको सकारात्मक प्रभाव परेको छ । आज नेप्से २९ अंकले बढेर २७६०. ८० विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज एनआइसी एसिया बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै जीवन विकास लघुवित्तको सेयर मुल्य ९.६१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज हिमालयन हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९३ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको सेयर मुल्य ७.३४ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनआइसी एसिया बैंकको ३७ करोड १४ लाख तथा बुटवल पावरको ३२ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।