फागुन २३ गते २०८२ --:--:--
मेनु

माबिलुङ्ग इनर्जीको सर्वसाधारणका लागि आइपीओ खुला

मेरो आर्थिक मेरो आर्थिक श्रावण २६ गते २०८२ ११:२० AM
माबिलुङ्ग इनर्जीको सर्वसाधारणका लागि आइपीओ खुला

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपीओ खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा १२ करोड ४८ लाख ९० हजार ४०० बराबरको १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कुल शेयरमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन साउन २९ गते छिटोमा बन्द हुनेछ ।

माबिलुङ्ग इनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रहेको छ ।

माबिलुङ्ग इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?