पौष २ गते २०८२ --:--:--
मेनु

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ७३ करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक मंसिर २४ गते २०८२ ५:१२ PM
नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ७३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । बुधबार नेप्से ५.०३  अंकले घटेर २६०९.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२९ कम्पनिका ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ भने  एसवाई प्यानलको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी झापा इनर्जीको शेयर ९.३० प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी श्रीनगर एग्रोको २६ करोड ३९ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १७ करोड ८ लाख कारोबार भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?