पौष ६ गते २०८२ --:--:--
मेनु

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

मेरो आर्थिक मेरो आर्थिक पौष ५ गते २०८२ ५:५८ AM
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँबाट धितोपत्र कारोबारमा ठगि गरेको आरोपमा शुक्रबार पक्राउ गरेको जानकारी दिएको छ ।

सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावरको शेयर खरिद गरी धितोपत्र सम्बन्धी बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरी करिब ४९ लाख १९ हजार ८६५ कानून बिपरित नाफा आर्जन गरेको र निजले अन्य टिएमएस प्रयोगकर्ता प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्त संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लि.को शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले पक्राउ गरेको जानकारी दिएको छ ।

सीआइबीले अग्रवाललाई काठमाडौं जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?