काठमाडौँ । नेप्से आज सामान्य घटेको छ । सोमबार नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३३ कम्पनिका एक करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज एसवाई प्यानल र श्रीनगर एग्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने रसुवागढी हाइड्रोको शेयर ८.५३ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ४.२५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ४२ करोड २२ लाख बराबरको कारोबार भएको छ भने राढ़ी जलविद्युतको ३१ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।












