माघ १५ गते २०८२ --:--:--
मेनु

नेप्सेमा दोहोरो अंकको गिरावट, १४ अर्ब ५६ करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०८२ ६:०० PM
नेप्सेमा दोहोरो अंकको गिरावट, १४ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । विहिबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५  विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२० कम्पनिका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ मा कारोबार भएको थियो । आज हाइड्रो, लगानी र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज हिमाल दोलखा हाइड्रोको सबैभन्दा बढी ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोको शेयर ९.१९ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ५९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५२ करोड २९ लाख कारोबार भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?