फागुन ४ गते २०८२ --:--:--
मेनु

होटल फरेस्ट इनको आईपीओको बाँडफाँड

मेरो आर्थिक मेरो आर्थिक फागुन ४ गते २०८२ ३:०० PM
होटल फरेस्ट इनको आईपीओको बाँडफाँड

काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओको बाँडफाँड भएको छ । 

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलका अनुसार होटल फरेस्ट इनको आइपिओ ३ लाख ३२ हजार लगानीकर्ताले १०-१० कित्ता शेयर पाएका छन् । 

माघ २२ गतेदेखि २६ गतेसम्म खुलेको यस आइपिओमा सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरिएकोमा २६ लाख ६० हजार ४५२ आवेदनकर्ताबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयरको लागि आवेदन परेको छ । जसमा २३ लाख ७१ हजार ३१५ वेदन स्वीकृत भएका थिए । 

कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत  अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।

आईपीओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट, मेरोशेयर र कुमारी क्यापिटल लिमिटेडको वेभसाइटमा हेर्न सकिने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?