काठमाडौँ । नेप्सेमा सामान्य करेक्सन आएको छ । सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने मा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२८ प्रतिशतले बढेको छ । त्यसैगरी एनआइबिएल समृद्धि फण्डको शेयर सबैभन्दा बढी ४.८१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३६ करोड २ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।












