Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १९ गते २०८०
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो ।

उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।

फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे ।

गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । रोहित पौडेलले अविजित ३६ रनको योगदान गरे । त्यसअघि यूएई १ सय १७ रन बनाउँदै अलआउट भएको थियो ।

Add a new comment