Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाले उपाधि जित्यो

मेरो आर्थिक
मेरो आर्थिक
असार १९ गते २०८०
मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाले उपाधि जित्यो

एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको अन्तरले हराउँदै उपाधि जितेको छ ।

टस जिती पहिलो ब्याटिङ निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.५ ओभरमै अलआउट भई ३१ रनमात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सतकीय पाली खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले केवल ८९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । निरजकुमार यादवले पनि ४७ रन बनाए । ओपनर ब्याट्सम्यान निरजले ४९ बलको सामना गरी ६ चौका हिर्काएका थिए ।

सन्तोष यादवले पनि २९ बलमा दुई चौकाको मद्दतले २६ रन जोडे । ओपनर ब्याट्सम्यान सूयान्सु कोइराला १८ रनमा पेभेलियन फर्किए भने अशोक धामीले ११ रन बनाए । नेपालले अतिरिक्त रूपमा २६ रन पाएको थियो । मलेसियाका बलर मुहम्मद अक्रमले तीन विकेट लिए ।

त्यस्तै मलेसियाका लागि ब्याट्सम्यान मुहम्मद अक्रमले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । उनी १० रन बनाउँदै आउट भए । मलेसियाले अतिरिक्त रूपमा ६ रन पाएको थियो ।

नेपाली टोलीका बलर अभिषेख तिवारी एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएका थिए । सन्तोष यादवले पनि तीन विकेट हात पारे । उनले तीन ओभरमा दुई मेडन राख्दै नौ रन खर्चिएका थिए । सागर गैरेले पनि एक विकेट लिए । अशोक धामीले पनि एक विकेट हात पारे ।

Add a new comment