एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । टसमा बोल्दै नेपालका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानको विकेट समान नै रहेको बताउँदै आजको खेलका लागि आफू उत्साहित रहेको जिकिर गरे ।
एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ ।
एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।













