सन् २०२६ को फिफा विश्वकपको खेल तालिका सार्वजनिक : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

सन् २०२६ को फिफा विश्वकपको खेल तालिका सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक माघ २२ गते २०८०

सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आधिकारिक तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ ।

फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार ११ जुनमा मेक्सिकोको अज्टेका स्टेडियममा उद्घाटन खेल हुनेछ । यस्तै फाइनल खेल १९ जुलाइमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमा हुनेछ । उद्घाटन खेलमा मेक्सिकोले खेल्नेछ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपको रुपमा २०२६ को विश्वकपमा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा ३९ दिन चल्ने विश्वकपमा कूल १०४ खेल हुनेछ । पहिलोपटक विश्वकपको आयोजक बनेको क्यानडाले आफ्नो पहिलो खेल १२ जुनमा टोरोन्टोमा खेल्नेछ । यस्तै अमेरिकाले पनि १२ जुनमै लस एन्जलसमा आफ्नो पहिलो खेल खेल्नेछ ।

२०२२ को कतार विश्वकप भन्दा १० दिन बढी चल्ने २०२६ को विश्वकपमा तीन देशका १६ शहरमा हुनेछ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो, कमेडियन तथा एक्टर केभिन कार्ट, र्‍यार ड्रेक र सेलेब्रेटी किम कार्दासियननले आइतबार २०२६ को विश्वकपको खेल आयोजना स्थल बारे सार्वजनिक गरेका हुन् ।

जसमा क्वाटरफायनलका खेलहरु अमेरिकाको लस एन्जलस, कान्सास सिटी, मायमी र बोस्टनमा हुनेछ । यस्तै सेमिफाइनलका खेलहरु डल्लास र एटलान्टामा हुनेछ भने तेस्रो स्थानको लागि खेल मायामीमा हुनेछ ।

डल्लासले सबैभन्दा धेरै ९ खेल आयोजना गर्ने फिफाले जनाएको छ । यस विश्वकपको ड्र भने २०२५ को अन्तिममा सार्वजनिक गर्ने फिफाले जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?