सन्दिप चाहियो भन्दै नाराबाजी गर्नेलाई प्रहरीद्धारा नियन्त्रणमा
मेरो आर्थिक
माघ २५ गते २०८०
समयः २:२५ pm
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल र क्यानाडाबीच खेल भइरहेको छ । उक्त खेलकाबीचमा क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्नेलाई प्रहरीले मैदानबाट बाहिर निकालेको छ । प्रहरीले नाराबाजी गर्ने सात जनालाई नियन्त्रणमा लिइ मैदानबाट बाहिर निकालेको हो ।
नेपालले टस जितेर व्याटिङ गरिरहेको समयमा अचानक दर्शकले सन्दीप चाहियो भन्दै नाराबाजी गरेका थिए । दर्शकहरूले ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । त्यसपछि, प्रहरीले केही ब्यानर पनि खोसेका छ ।
जसका कारण केही समय तनावग्रस्त अवस्था भएको भइ खेल पनि रोकिएको थियो । नेपालले ७ विकेट गुमाएपछि उत्तेजित दर्शकले सन्दीपको पक्षमा हुटिङ गरेका थिए । सन्दीपको स्थानमा आज सूर्य तामाङले खेलेका हुन्।
खेलमा नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको छ । नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । क्यानडाले हाल २ Wicket गुमाउदै ६६ रन बनाएको छ ।