एसीसी महिला प्रिमियर कप : हङकङ माथि नेपालको जीत : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

एसीसी महिला प्रिमियर कप : हङकङ माथि नेपालको जीत

मेरो आर्थिक मेरो आर्थिक माघ २७ गते २०८०

मलेसियाको सेलान्गोर टर्फ क्लबमा शनिबार भएको एसीसी महिला टी–२० प्रिमियर कपमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ ।

हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको लक्ष्य दिएको थियो । नेपालका लागि रुबिना क्षेत्री र पूजा महतोले समान ४ ओभर बलिङ गर्दै २–२ विकेट लिए । त्यसैगरी कविता जोशी र मगरले पनि एक–एक विकेट लिएर हङकङलाई ९३ रनमा सीमित गरिन् ।

जवाफमा नेपालले १४.१ ओभरमा ९५ रन बनाएर लक्ष्य पार गरेको थियो । क्याप्टेन इन्दु बर्मा र सीता राना मगरले बलियो साझेदारी गरेका छन् ।  बर्माले ३३ बलमा ४० रनमा प्रहार गरिन् भने मगरले ३८ बलमा अविजित ३६ रन बनाए ।

समूह ‘बी’ मा नेपालसँगै भुटान, माल्दिभ्स र हङकङ छन् । नेपालले आइतबार दोस्रो खेलमा भुटानसँग खेल्नेछ ।

एसीसी महिला प्रिमियर कपमा सहभागी कूल १६ टोलीमध्ये चार समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?