काठमाडौँ । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेदरल्याण्डसको सामना गर्दैछ ।
यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपाल र नेदरल्याण्डसबीचको पछिल्लो खेल ऐतिहासिक बनेको थियो । सो खेलको निर्णय तेस्रो सुपर ओभरमा भएको थियो । जुन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस अघि भएको थिएन । सो खेल नेदरल्याण्डसले जितेको थियो ।
यस सिरिजमा नेदरल्याण्डस ३ खेलमा २ जित र एक हारसहित ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने नेपालले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १४ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ८ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ । आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।
यस खेलमा नेपालले केहि परिवर्तन गरेको छ । आज रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), भीम सार्की, आरिफ शेख, रुपेश सिंह, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र लोकेश बम रहेका छन् ।
एभरेष्ट न्यूज एजेन्सी













