माघ २१ गते २०८२ --:--:--
मेनु

भारत र इङल्याण्डको टेस्ट रोमाञ्चक मोडमा

मेरो आर्थिक मेरो आर्थिक असार ९ गते २०८२ ८:४२ AM
भारत र इङल्याण्डको टेस्ट रोमाञ्चक मोडमा

काठमाडौँ । इङल्याण्डविरुद्धको जारी टेस्टमा भारतले पहिलो इनिंगमा ६ रनको अग्रता लिएको छ ।

टेस्टको तेस्रो दिनको खेल सकिदा भारतले दोस्रो इनिंगमा ब्याटिंग शुरु गर्दै २ विकेट गुमाएर ९० रन बनाएको छ र कुल ९६ रनको अग्रता हासिल गरेको छ ।

भारतका लागि दोस्रो इनिंगमा केएल राहुलले ४७ रन बनाएर खेलिरहेका छन् भने कप्तान शुभमन गिल ६ रन बनाएर खेलिरहेका छन् । त्यस्तै यशस्वी जैसवालले ४ रन बनाएर आउट भने साई सुदर्शनले ३० रन बनाएर आउट भएका थिए । त्यस्तै इङल्याण्डका लागि ब्राइडन कार्स र बेन स्टोक्सले एक एक विकेट लिए ।

यसअघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४६५ रन बनाएर अलआउट भएको थियो । इङल्याण्डका लागि ओली पोपले १०६ रन बनाए भए ह्यारी ब्रुकले ९९ रन बनाए । त्यस्तै बेन डकेटले ६२ रन बनाए भने जामी स्मिथले ४० र क्रिस वोक्सले ३८ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले ५ विकेट लिए भने प्रसिद्ध कृष्णले ३ र मोहमद सिराजले २ विकेट लिए ।
       

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?