काठमाडौँ । भारतले जारी टेस्टमा इङल्याण्डलाई ३७१ रनको लक्ष्य दिएको छ ।
टेस्टको दोस्रो इनिंगमा भारत ३६४ रनमा अल आउट भएपछि पहिलो इनिंगमा ६ रनको बढ्तसहित ३७० रनको अग्रता लिएको थियो ।
भारतका लागि दोस्रो इनिंगमा केएल राहुलले १३७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै ऋषव पन्तले दोस्रो इनिंगमा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए । उनले पहिलो इनिंगमा १३४ रन बनाएका थिए ।
चौथो दिनको खेल सकिदा इङल्याण्डले कुनै विकेट नगुमाएर २१ रन बनाएको छ । अब टेस्टको अन्तिम दिन आज इङल्याण्डले जितका लागि ३५० रन बनाउनु पर्ने छ भने भारतले १० विकेट लिनुपर्ने छ ।
यस अघि पहिलो इनिंगमा भारतले ४७१ रन बनाएको थियो भने इङल्याण्डले ४६५ रन बनाएको थियो ।













