काठमाडौँ । जापानले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत नेपाललाई ८१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको हो ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । यस बैक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भन अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।













