माघ २२ गते २०८२ --:--:--
मेनु

वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्टमा अस्ट्रेलियाको कमब्याक

मेरो आर्थिक मेरो आर्थिक असार १२ गते २०८२ ८:४६ AM
वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्टमा अस्ट्रेलियाको कमब्याक

काठमाडौँ । वेस्ट इन्डिज टूरमा रहेको अस्ट्रेलिया पहिलो टेस्टको पहिलो इनिंगमा १८० रनमा अल आउट भएको छ ।

बुधबारदेखि शुरु भएको सिरिजको पहिलो टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५६.५ ओभर खेल्दै १८० रन बनाएर अल आउट भएको थियो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्बाधिक ५९ रन बनाए भने उसमान ख्वाजाले ४७ रन बनाएका थिए । त्यस्तै कप्तान पाट कमिन्सले २८ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

अस्ट्रेलियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा वेस्ट इन्डिजका बलर जेडेन सिलेसले ५ विकेट लिएका थिए । त्यस्तै शमर जोसेफले ४ विकेट लिए भने जस्टिन ग्रिभ्सले एक विकेट लिएका थिए ।

त्यस्तै आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको वेस्ट इन्डिजले शुरुवाती चार विकेट गुमाएको छ । पहिलो दिनको खेल सकिदा वेस्ट इन्डिजले ४ विकेट गुमाउदै ५७ रन मात्र बनाएको छ । पहिलो दिनको खेल सकिदा वेस्ट इन्डिज अस्ट्रेलियासँग १२३ रनले पछाडी रहेको छ । 

वेस्ट इन्डिजका लागि डेभ्यु टेस्ट खेलिरहेका ब्राण्डन किंग २३ रन बनाएर खेलिरहेका छन् भने कप्तान रोस्टन चेज एक रन बनाएर खेलिरहेका छन् । यसअघि केसी कार्टीले २०, जोन क्याम्पबेलले ७ र क्रेग ब्रेथवेटले ४ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर मिचेल स्टार्कले २ तथा जोस हजेलवूड र पाट कमिन्सले एक एक विकेट लिएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?